रौतहट । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण रौतहटमा पनि धेरै नै जन धन को हानी नोक्सानि भएको छ ।
अविरल वर्षासँगै रौतहटका विभिन्न नदी तथा खोलामा आएको बाढीले जिल्लामा ३५५ घर डुबानमा परेका छन् । पूर्वमा बागमती र पश्चिममा लालबकैया नदीसँगै चाँदी, धनसार, तरहारी, लगायतको नदीमा बाढी आएको हो ।
रौतहटका बादी पिडित हरुको लागी रौतहट जिल्ला प्रहरी कार्यालय द्वारा विभिन्न संघ-संस्थाहरुको सहयोगमा बाढीबाट प्रभावित मानिसहरुलाई उद्धार पश्चात सुरक्षित स्थानमा पुनःस्थापन तथा मेस सञ्चालन गरिएको ।