Monday, March 17, 2025
spot_img
Homeगृहपृष्ठमकवानपुरगढीमा अटो पल्टिँदा चालकको मृत्यु

मकवानपुरगढीमा अटो पल्टिँदा चालकको मृत्यु

मकवानपुरमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको मकवानपुरगढी गाउँपालिका- ४ ज्वालादेविमा आज बिहान ना २ ह ५२६८ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा अटो चालक सोही ठाउँका अन्दाजी ३५ वर्षीय सुमन भन्ने देवी बहादुर घिमिरे रहेका प्रहरीले जनाउको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार धादिङबजारबाट ज्वालादेवितर्फ आउँदै गरेको ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भएर बिहान सवा ६ बजे दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पतालमा लगिएको थियो। अस्पताल पुर्याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू