Wednesday, March 19, 2025
spot_img
Homeअपराध खबर१९ वर्षीया किशोरीले गरे आत्महत्या,स्याङ्जाका सिजन पक्राउ

१९ वर्षीया किशोरीले गरे आत्महत्या,स्याङ्जाका सिजन पक्राउ

स्याङ्जाको गल्याङ नगरपालिकाबाट १९ वर्षीय सिजन विकलाई आत्महत्या उत्प्रेरित गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जा पुतलीबजार नगरपालिका -५ कि १९ वर्षीया एक किशोरी गत माघ २१ गते गल्याङ नगरपालिकास्थित चिउरीको पुल पारी रहेको जङ्गलको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि छानबिनका क्रममा गल्याङका सिजन बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिए ।

एसपी राउतले घटनाको छानबिन गर्ने क्रममा पक्राउ परेका बिकलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप लिई आत्महत्या उत्प्रेरित मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको बताए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू