Saturday, March 15, 2025
spot_img
Homeअर्थतन्त्रआइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २० गते बोलायो साधारणसभा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २० गते बोलायो साधारणसभा

काठमाडौ, ०७ फागुन । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।  सभा, फागुन २० गते लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साथै यस इन्स्योरेन्सले सेयरधनीहरुका लागि लाभांश वितरण नगर्ने जनाएको छ जसकारण यो वर्ष सेयरधनीहरुको हात खाली हुनेछ ।

कम्पनीले साधारण सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुने र आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा रहेको कम्पनीले जनाएको छ ।

सभाले संस्थापक समूहबाट ४ जना (१ जना महिलासहित) र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन गर्नेछ ।साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन फागुन ९ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।


सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू