Wednesday, March 12, 2025
spot_img
Homeगृहपृष्ठ‘राजश्व छली, अवैध व्यापार नियन्त्रण गर्न सरकार कडा रूपमा प्रस्तुत हुन्छ’

‘राजश्व छली, अवैध व्यापार नियन्त्रण गर्न सरकार कडा रूपमा प्रस्तुत हुन्छ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजश्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न सरकार विशेष योजनासहित सरकार प्रस्तुत हुने बताएका छन् ।

मुलुकका आर्थिक स्रोत बढाउन र विकास, निर्माणको काममा तिब्रता दिन सरकारले सो योजनालाई कडाईका साथ पालना गराउन लागि पर्ने विशेष नीति लिएको प्रधानमन्त्री दाहालको भनाई थियो ।

आईतवार संघीय संसद प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले गरेका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारको आर्थिक स्रोत बढाउन पनि सो योजना कडाईका साथ लागू गर्न सरकार अघि बढेको बताए ।

प्रधानमन्त्री दाहालले वैदेशिक सहायताबाट सञ्चालित आयोजनाहरूको कार्यान्वयनलाई द्रुतता दिइने र त्यसले थप वैदेशिक सहयोग प्राप्त हुने आधार स्तम्भ तयार हुने विश्वास समेत व्यक्त गरे ।

उनले सरकारले पुँजीगत खर्च हुन नसक्नुका कारणहरूको स्पष्ट पहिचान गरेको भन्दै त्यसलाई बढाउन केही नयाँ पहल अगाडि बढाइको पनि दाबी गरे ।

प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रले संकट पार गरेको उल्लेख गर्दै त्यसलाई लयमा फर्काउनका लागि आफूले सम्बन्धित मन्त्रालय र विभागसँग समाधानमुखि छलफल गरिरहेको पनि दोहोर्‍याए ।

प्रधानमन्त्री दाहालले सरकारले अर्थतन्त्रलाई अघि बढाउनका लागि विकास आयोजनाहरूको वर्गीकरणको मापदण्ड तय गरी लागू गरेको पनि बताए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू