९५ लाख बराबरको विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पक्राउ

0
108

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले करिब नेपाली रु ९५ लाख ४३ हजार ३८४ रुपैयाँ मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ३१ वर्षीय येसीन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेका छन् । उनीहरू फ्लाई दुबई एयरलाइन्समार्फत् काठमाडौं उत्रिएका थिए । दुवैमाथि आगमन गेटमा शंका लागि चेकजाँच गर्दा डेनमार्कको मुद्रा ५ लाख (नेपाली रु ९५ लाख ४३ हजार ३८४ रुपैयाँ) भेटिएको थियो ।

हाल उनीहरूलाई प्रहरी वृत्त, गौशालामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।