Thursday, December 5, 2024
spot_img
Homeगृहपृष्ठसंसदमा गगन थापा र रवि लामिछानेको जुहारी

संसदमा गगन थापा र रवि लामिछानेको जुहारी

यदि, घोचपेच र ज्ञान बाँड्ने गर्ने हो भने आफ्नै दलतिर हेर्दा हुन्छ । नयाँलाई हेर्ने हो भने त ७२ घण्टाभित्र कारबाही गर्ने दल हो,’ रविले गगन थापातर्फ लक्षित गर्दै भने, ‘पुराना दलहरुले आफ्नो दलभित्र एकपटक चियाएर हेर्ने हो कि, विश्वविद्यालयमा भातृ संगठन नबनाउने घोषणा कार्यान्वयन गर्ने हो कि ? सरकारी जग्गा किर्ते गर्ने मान्छे, आफ्नै दलको वरपर होलान् तिनलाई पहिला पार्टीगत रुपमा कारबाहीको दायरामा ल्याउने हो कि ?’

उनले नागरिकता किर्ते गर्नेलाई पनि दलीय आधारमै संरक्षण गरिएको टिप्पणी गरे । उनले भने , ‘नागरिकता किर्ते गर्नेलाई कारबाहीमा ल्याउने हो कि ?’ उनले सबै विषय उठाउँदै जाँदा लामो समय वित्ने भन्दै त्यतातिर नलाग्न पुराना दलहरुलाई आह्वान गरे ।

रविअघि सम्बोधन गरेका गगनले रविलाई लक्षित गर्दै जतिसुकै शक्तिशाली भए पनि सरकारी ठगीका मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए ।

उनले भनेका थिए– ‘जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस् । हातमा तागत, कलम होस् । नागरिकता बनाउन कीर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारणले गर्दा कीर्ते गरे पनि माफी हुन्छ, चल्छ ?’

रास्वपा सभापति लामिछाने सहकारी प्रकरणमा मुछिँदै आएका छन् । पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले लामिछानेविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी समेत दिएका छन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू