Monday, March 17, 2025
spot_img
Homeगृहपृष्ठमकवानपुरबाट ६४ किलो गाँजासहित एकजना पक्राउ

मकवानपुरबाट ६४ किलो गाँजासहित एकजना पक्राउ

मकवानपुर, २४ माघ । प्रहरीले मकवानपुरबाट गाँजासहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका-७ रमौली बस्ने ४५ वर्षीय जगतबहादुर प्रजा रहेका छन्। उनलाई अवैध लागुऔषध गाँजा ६४ किलोसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घरनजिक मल राख्ने खाल्डोमा लुकाइछिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू