Thursday, March 13, 2025
spot_img
Homeगृहपृष्ठपाल्पामा पतिपत्नी मृत फेला, एसपी भन्छन्- हामी घटना अनुसन्धानमै छौँ

पाल्पामा पतिपत्नी मृत फेला, एसपी भन्छन्- हामी घटना अनुसन्धानमै छौँ

पाल्पाको रिब्दीकोट गाउँपालिका- ८ मा पतिपत्नी नै मृत फेला परेको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।  रिब्दीकोट गाउँपालिका वडा नम्बर- ८ काहुलेका ५४ वर्षीय अम्मरबहादुर गाहा र उनकी ४२ वर्षीया पत्नी श्यामकला गाहा सोमबार बिहान आफ्नै घरमा मृत फेला परेका थिए। 

प्रारम्भिक अनुसन्धानमा अम्मरबहादुरले पत्नीको हत्यापछि आत्महत्या गरेको आशंक गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी हेरम्ब शर्माले जानकारी दिए। तीन छोरीका अभिभावक उनीहरुले गाउँमा खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका थिए।

‘अम्मरबहादुर कोठामा झुण्डिएको अवस्थामा र अर्को कोठामा श्रीमती श्यामकला खाटमा मृत फेला परेकी हुन्,’ एपपी शर्माले भने, ‘पाल्पा प्रादेशिक अस्पतालमा शवको पोष्टमार्टम गरिएको छ। त्यसको रिपार्ट आएपछि मृत्युको कारण खुल्ला।’

उनले अहिले नै पतिपत्नीको मृत्युको सम्बन्धमा केही भन्न नसकिने बताए। ‘हामी सबै कोणबाट अनुसन्धान गरेर विस्तृत विवरण सार्वजनिक गर्छौंं,’ उनले भने, अहिले नै सबैकुरा भन्न मिल्दैन।’ 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू