Wednesday, March 12, 2025
spot_img
Homeअपराध खबरलम्कीचुहामा शिक्षा अधिकृतलाई कालोमसो छ्याप्ने प्रदेश इन्चार्ज पक्राउ

लम्कीचुहामा शिक्षा अधिकृतलाई कालोमसो छ्याप्ने प्रदेश इन्चार्ज पक्राउ

कैलालीका लम्कीचुहा नगरपालिका शिक्षा अधिकृतलाई कालोमसो छ्याप्ने एक जना पक्राउ परेका छन्। नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालो मोसो छ्याप्ने नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (वैद्य) का सुदूरपश्चिम युवा सङ्गठनका इन्चार्ज ३१ वर्षीय भुवन रम्तेलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार हसुलियाको टोलीले लम्की चुहा नगरपालिका वडा नम्बर ९ का ३१ वर्षीय भुवन रम्तेललाई पक्राउ गरेको हो। उनलाई सुदूरपश्चिम प्रदेश ०१–००९ प ७३२२ नम्बरको मोटरसाइकलसहित कैलारी गाउँपालिका वडा नम्बर ७ बाट पक्राउ गरिएको हो।

नगरपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुसंग अभद्र व्यवहार गरेको भन्दै न्यौपानेलाई सोमवार कालो मोसो छ्यापेका थिए । न्यौपानेले शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामाग्री खरिदमा कमिशन लिएको, बिदाको दिनमा सार्वजनिक सवारी साधनको दुरुपयोग गरेको लगायतका आरोप लगाएका थिए ।  

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू