Sunday, March 16, 2025
spot_img
Homeखेलकुदचितवन क्रिकेट मैदान लागि बाग्मति प्रदेश सरकारले ७५ % लगानी गर्ने सुनिश्चित

चितवन क्रिकेट मैदान लागि बाग्मति प्रदेश सरकारले ७५ % लगानी गर्ने सुनिश्चित

काठमाडौं, २३ माघ । चितवनमा निर्माणाधिन क्रिकेट मैदान निर्माणका लागि ७० प्रतिशत लागत सुनिश्चित भएको छ।

आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको  गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम चरणका लागी ७०  प्रतिशत सुनिश्चित गरेको हो ।

‘आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम चरणकालागी ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको छ,’ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भनिन, ‘क्रीकेट खेलको बिकासमा यसले महत्त्वपूर्ण भुमिका खेल्नेछ ।’

उनले बागमती प्रदेशका मुख्यमन्त्री एंव बागमती प्रदेश सरकारलाई बिशेष आभार सहित भरतपुर महानगरपालिकाकोतर्फबाट धन्यवाद ब्यक्त गरेकी छिन ।
 


सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू