Tuesday, March 18, 2025
spot_img
Homeअपराध खबरसर्लाहीमा १२ वर्षीया बालिका बलात्कृत

सर्लाहीमा १२ वर्षीया बालिका बलात्कृत

काठमाडौं । सर्लाहीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका– ७ चिताइनका ४९ वर्षीय सिकिन्द्र चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गएको शनिबार दिउँसो घरमा कोही नभएको मौका छोपेर चौधरीले पीडित बालिकाको घरमै गएर बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए ।

चौधरीलाई १० दिनको म्याद थप गरेर घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

बालिकाले टीभीको रिमोट बिग्रिएको भन्दै बनाउन बोलाएपछि चौधरी बालिकाको घरमा पुगेका थिए । घरमा कोही नभएको थाहा पाएपछि उनले बालिकालाई जबर्जस्ती करणी गरेका प्रहरीको भनाई छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू