Tuesday, March 18, 2025
spot_img
Homeगृहपृष्ठसर्लाही दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु

सर्लाही दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु

काठमाडौं । सर्लाहीको मलङ्गवा नगरपालिका ११ गम्हरियामा सोमवार साँझ भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नापी कार्यालय मलङ्गवाका कार्यालय सहयोगी ६० वर्षीय विनोद घिमिरे रहेका छन् । उनको उपचारको क्रममा वीरगञ्जमा गएराति मत्यु भएको हो ।

गम्हरियास्थित चमेलिमाई मन्दिर नजिकै सोमवार साँझ उखु लोड गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा सर्लाही नापी कार्यालय मलङ्गवाका प्रमुख सन्जय मानन्धरसहित ११ जना सवार गाडी ठोक्किदा दुर्घटना भएको थियो । मलङ्गवाबाट जन्तीको भोज खान मानन्धरसहित भाडाको गाडी बरहथवा तर्फ जाँदै गर्दा सोमवार साँझ करिब ८ः१५ बजे दुर्घटना भएको हो

दुर्घटनामा मानन्धरसहित वैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, शाहिद अनवर, रामबाबु राय लगायत ११ जना घाइते भएका छन् । घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी हुन् ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियार थारुले जानकारी दिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू