Sunday, March 16, 2025
spot_img
Homeअपराध खबरनवबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

नवबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

काठमाडौँ । आर्थिक लाभ लिई नाबलिकाहरुलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । धनकुटा छथर जोरपाटी गाउँपालिका–१ घर भई दोलखा भिमेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीय लालमाया तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेस्ट हाउस सञ्चालन गरी उक्त क्याफे तथा गेस्ट हाउसहरूमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं जडीबुटीबाट पक्राउ गरेको हो । साथै उक्त ब्युरोबाट खटिएको प्रहरीले दुई जना बालिकाहरूको उद्धार समेत गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरूलाई क्याफे तथा गेस्ट हाउसमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, सुरुमा वेटरको काममा लगाउने र केही समय पछि ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी भइरहेको उक्त ब्युरोले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू