Saturday, March 15, 2025
spot_img
Homeगृहपृष्ठमोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कैलाली, ९ माघ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित घोडाघोडी नगरपालिका–२, साडेपानीमा सु.प.प्र.०१००९ प.४६१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बर्दगोरीया गाउँपालिका–५ का २१ वर्षीय कालु विकको मृत्यु भएको प्रहरीले जनाएको छ । 


मोटरसाइकलको पछाडि सवार उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा मृत्यु भएको हो । 


मोटरसाइकल ४० वर्षीय प्रदीप विकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू