Sunday, March 16, 2025
spot_img
Homeअपराध खबरबञ्चरोले हानेर भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

बञ्चरोले हानेर भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

 भाउजुको हत्या आरोपमा जिल्लामा एक युवक पक्राउ परेका छन्।

सखुवानान्कारकट्टी गाउँपालिका-४ सखुवहा बस्ने ३० वर्षीया तन्जिला खातुनको हत्या गरेको आरोपमा उनकै देवर नाता पर्ने २५ वर्षीय मोहम्मद ज्याउल मियाँ पक्राउ परेका हुन्।

मियाँले धारिलो हतियार बन्चरो प्रहार गर्दा तन्जिला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएको थियो। खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो। गम्भीर घाइते तन्जिलाको सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू