Tuesday, March 18, 2025
spot_img
Homeअर्थतन्त्रसुनको भाउ आज पनि स्थिर, चाँदीको भाउ घट्यो

सुनको भाउ आज पनि स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं, ९ माघ ।  नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य स्थिर छ । लगातार आइतबार सोमबार र आज मंगलबार सुनको भाउ स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।


यता चाँदीको भाउ भने प्रतितोला २० रूपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियो। 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू