Wednesday, March 12, 2025
spot_img
Homeगृहपृष्ठभालुवाङ बस दुर्घटना १२ मृतक मध्ये ८ जनाको सनाखत

भालुवाङ बस दुर्घटना १२ मृतक मध्ये ८ जनाको सनाखत

काठमाडौं । बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस दाङको भालुवाङस्थित राप्ति नदीमा खस्दा ज्यान गुमाएका १२ मध्ये ८ जनाको सनाखत भएको छ। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गएराति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। तीमध्ये अहिलेसम्म ८ जनाको मात्र सनाखत भएको छ। अन्य मृतकको सनाखत हुन सकेको छैन। शव लमहीस्थित लमही अस्पतालमा राखिएका छन्।

दुर्घटनामा मृत्यु भएकामध्ये मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय र बाँकेको नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेतको सनाखत भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे १ ख ३९१२ नम्बरको बस गए राति १०:३० बजे राप्ति नदीमा खसेको हो। प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू