Wednesday, March 12, 2025
spot_img
Homeगृहपृष्ठमाघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने

माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने

जनकपुरधाम – मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो ।

२०७८ माघ ३ गतेकै दिन तत्कालीन ‘प्रदेश नं २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय भएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू