Tuesday, March 18, 2025
spot_img
Homeगृहपृष्ठजब मेयरले नक्कली बुबा बनेर अर्कैकी छोरीलाई नागरिकता दिए

जब मेयरले नक्कली बुबा बनेर अर्कैकी छोरीलाई नागरिकता दिए

जनकपुरधाम । वीरगञ्जका मेयर राजेशमान सिंहले नक्कली बुबा बनेर अर्कैकी छोरीलाई नागरिकता दिएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन अघि बढाएको छ ।

नागरिकता प्रकरणको छानविन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा समिति गठन गरेको हो । उक्त समितिलाई ५ दिनभित्रमा अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

मेयर सिंहको एकमात्र श्रीमती र एकमात्र छोरा छन् । तर उनले रुविना श्रेष्ठलाई छोरी बनाएर नागरिकता बनाएको आरोप छ । रुविनाको नागरिकतामा सिंह बुवाको रुपमा सनाखत गरेका छन् ।

रुविनाको नागरिकता तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले जारी गरेका थिए । नागरिकता जारी गरिए पनि पेश गरेको कागजात र अनुसूची फारम गायब पारिएको छ । त्यसैले उनलाई पनि बयानका लागि समितिले बोलाएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले भने अनुसन्धानका लागि मेयर सिंहलाई पनि बयानका लागि बोलाउने जानकारी दिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू