Wednesday, March 12, 2025
spot_img
Homeमनोरन्जन‘पुष्पा २’का निर्देशक सुकुमारको घरमा आयकर विभागकाे छापा

‘पुष्पा २’का निर्देशक सुकुमारको घरमा आयकर विभागकाे छापा

सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा अझै दबदबा कायम राखेको छ । यो फिल्मले विश्वभर धेरै कमाईको रेकर्ड तोडेको छ र भारतको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।

एकातिर यो फिल्मको सक्सेस पार्टीका निर्माता–निर्देशकहरु मनाउँदैछन् भने अर्कातिर यो फिल्मसँग जोडिएका ब्यक्तिहरूको घर–अफिसमा आयकर छापा मार्ने क्रम शुरु भएको छ । 

न्यूज १८ को वेबसाइटमा प्रकाशित समाचार अनुसार आयकर विभागका अधिकारीहरूले बुधबार (२२ जनवरी) हैदराबादस्थित ‘पुष्पा २’ निर्देशक सुकुमारको घर र कार्यालयमा छापा मारेका थिए। साक्षीका अनुसार छापा बिहान सबेरै सुरु भएको थियो र केही घण्टासम्म चलेको थियो। त्यो बेला सुकुमार हैदराबाद एयरपोर्टमा थिए जब आयकर अधिकारीहरूले उनलाई उनको निवासमा छापा मारिएको थियो ।

यद्यपी छापा मार्नुको उद्देश्य र नतिजाबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन । यस छापा मार्ने सम्बन्धमा आयकर विभागका कुनै पनि अधिकारीले कुनै बयान दिएका छैनन्। सुकुमार हालै रिलिज भएको फिल्म ‘पुष्पा २स् द रुल’ को सफलताको आनन्द लिइरहेका बेला यो छापा मारिएको हो ।यस फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डन्ना मुख्य भूमिकामा छन् र यो फिल्मले विश्वभर १८०० करोडभन्दा बढी कमाई गरेको छ । 

साथै हिजो मात्रै आयकर विभागले निर्माता दिल राजुको सम्पत्तिमा पनि छापा मारेको छ । आयकर अधिकारीहरूले कर छलीको आशंका गर्दै कागजातहरू जाँच गरिरहेका छन्। यो कारबाही कथित बेहिसाब आम्दानीको अनुसन्धानको हिस्सा भएको बताइएको छ । अधिकारीहरूले सम्भावित कर छली पत्ता लगाउन वित्तीय रेकर्ड र लेनदेनको जाँच गरिरहेका छन्।

थप बिवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू