Saturday, March 15, 2025
spot_img
Homeअर्थतन्त्रसुनको भाउ लगातार तेश्रोदिन बढ्यो

सुनको भाउ लगातार तेश्रोदिन बढ्यो

काठमाडौं, पौष २६ । नेपाली बजारमा सुनको भाउ लगातार ३ दिन बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल ८०० रुपैयाँले बढेर १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार र बिहीबार पनि सुनको भाउ क्रमशः प्रतितोला ५०० र ८०० रुपैयाँले बढेको थियो । 

यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १८ सय ४० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६७३ डलरमा र चाँदी प्रतिऔंस ३०.२१ डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू