Wednesday, March 12, 2025
spot_img
Homeअर्थतन्त्रसुनको भाउ ५ सयले बढ्यो

सुनको भाउ ५ सयले बढ्यो

काठमाडौं, पौष २४ । नेपाली बजारमा सुनको भाउ बुधबार बढेको छ । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ । यस अघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ । प्रतितोला १८ सय ३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको माहासंघले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू