Monday, March 17, 2025
spot_img
Homeअपराध खबरप्रहरीले बेवारिसे स्कार्पियो भन्सारमा बुझायो

प्रहरीले बेवारिसे स्कार्पियो भन्सारमा बुझायो

रौतहट २१ पुस। प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको भारतिय नम्बरको स्कार्पियो गाडी ३० लाख रुपैयाँ मूल्याङ्कन गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले विआर ०१ पी एल ९३८३ नम्बरको बेवारिसे सेतो रंगको स्कार्पियो गाडी ३० लाख रुपैयाँ मुल्याङन गरी आवश्यक कारवाहीको लागि शुक्रवार भन्सारमा बुझाएको प्रहरीले आज एक सूचना जारी गर्दै सार्वजनिक गरेको छ।

भन्सार छलीको स्कार्पियो गाडी चलाईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले खोजतलास गर्दै जाँदा गत साउन ४ गते दुर्गा भगवती गाउँपालिका ३ स्थित सडक छेउमा उक्त गाडी बरामद गरेको थियो।

पटक पटक सूचना जारी गर्दा पनि ५ महिनाको अवधिमा उक्त भारतीय नम्बरको स्कार्पियो गाडीको हक दाबी गर्ने प्रहरीको सम्पर्कमा कोही न आउँदा बाध्य भएर भन्सारमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

रौतहट जिल्ला अन्तर्गत २८ किलोमिटर लामो सिमाना भारतसँग जोडिएको र सदियौं देखि दुई देशबीच रोटी बेटीको सम्बन्ध रहिआएकाले यहाँ भारतीय नबरको गाडी आउँजाउँ हुँदै आएको छ।
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू