Thursday, March 20, 2025
spot_img
Homeराजनीतिराप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू

राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू

काठमाडौं, १९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)को केन्द्रीय समितिको बैठक सुरू भएको छ।

पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउन शुक्रबारका लागि बैठक बोलाइएको राप्रपा नेपालले जनाएको थियो।

आज देखी काठमाडौंमा सुरू भएको बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुनेछ ।

बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक र महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । साथै, राप्रपा नेपालले पुस २७ गते राष्ट्रिय एकता दिवस भब्य तरिकाले मनाउनका लागि तयारी पनि गरेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू