Friday, March 14, 2025
spot_img
Homeअपराध खबरमोरङमा १ ६० किलो गाँजासहित दुई जना पक्राउ 

मोरङमा १ ६० किलो गाँजासहित दुई जना पक्राउ 

विराटनगर-  मोरङ जहदा गाउँपालिका-१ धुनीबस्तीबाट गाँजासहित दुई जना पक्राउ परेका छन्।  

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने २४ वर्षीय राहुल विक र  धनकुटा सहिदभूमि गाउँपालिका-६ बस्ने १९ वर्षीय सुरज राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको को१च ९५८२ नम्बरको स्कारपियोबाट १५५ किलो गाँजा बरामद गरेको हो।

पक्राउ पर्ने राहुल स्कारपियोका चालक र सुरज त्यसमा सवार थिए।

यस्तै, राजगढ गाउँपालिका-३ झौहरा चोकबाट अवैध पाँच किलोग्राम सहित महादेवा गाउँपालिका-८ बस्ने २४ वर्षीय देवेन्द्र कुमार मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी झुट्कीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको प्र.२-०१-००३ प ८७३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू