Wednesday, March 12, 2025
spot_img
Homeमनोरन्जनसोनु निगमको कन्सर्ट हुने ठाउँबाट महानगरले हटायो १५० वटा मदिराजन्य विज्ञापन बोर्ड

सोनु निगमको कन्सर्ट हुने ठाउँबाट महानगरले हटायो १५० वटा मदिराजन्य विज्ञापन बोर्ड

काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ स्थित बौद्ध हायात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको छ।

महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको हो। मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत उक्त बोर्डहरु हटाएको महानगरले जनाएको छ ।

भारतीय चर्चित गायक सोनुले आज बेलुका हायात रिजेन्सी होटलको मैदानमा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’ मा प्रस्तुति दिँदैछन्। प्रस्तुतिका लागि उनी केहि समयअघि मात्र काठमाडौं आइपुगेका छन् ।

नेपाली–टच नेपालले क्रिसमसको अवसर पारेर यो कन्सर्ट आयोजना गरेको हो। कन्सर्टमा दर्शकका लागि ४ बजे गेट खुलिसकेको छ । सोनु ७ बजे स्टेज चढेर आफ्नो प्रस्तुतिमार्फत दर्शक झुमाउने छन्। उनले भारतीयसहित केही आफ्नो नेपाली गीत समेत गाउने आयोजकको भनाईं छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू