काठमाडौँ, १ पुस।काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिईएको छ।।
काठमाडौं महानगरपालिकका संस्थापक मेयर तथा पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको थियो ।
केही दिन अघि मात्र उनलाई महानगरपालिकाले विशेष सम्मान गरेको थियो।
आजै उनको अन्त्यष्टी गरिनेछ। उनको पहलमा २०५२ मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा गरिएको थियो।