Sunday, March 16, 2025
spot_img
Homeअपराध खबरनैकापमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी

नैकापमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१४ नैकापमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । सो स्थानमा डेरा गरी बस्ने गुल्मी रुरु गाउँपालिका-३ घर भएका ४० वर्षीय लिलाधर ज्ञवालीको कोठामा चोरी भएको हो ।

शुक्रबार दिउँसो सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ७० हजार रुपैयाँ गरी करिब १४ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू