Thursday, December 5, 2024
spot_img
Homeनेपाल प्रहरीकैलालीमा आगो निभाउने क्रममा प्रहरीसहित ३ जना घाइते

कैलालीमा आगो निभाउने क्रममा प्रहरीसहित ३ जना घाइते

१९ मंसिर, धनगढी । कैलालीमा गोदाममा लागेको आगो निभाउने क्रममा प्रहरीसहित तीन जना घाइते भएका छन् ।

मंगलबार राति बर्दगोरिया गाउँपालिका-२ बौनियाका द्धारिकाप्रसाद धमलाको चार तले घरको दुई तले घरमा राखिएको कपडा र इलेक्ट्रोनिक सामानको गोदाममा आगलागी भएको थियो ।

गोदाममा लागेको आगो निभाउने क्रममा घरधनी ८२ वर्षीय मुक्तिप्रसाद धमला, सोही ठाउँ बस्ने ३९ वर्षीय टेकराज जोशी र बौनियामा कार्यरत प्रहरी जवान टंकध्वज मगर सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए ।

उनकाअनुसार घाइते भएका मध्ये जोशी र प्रहरी जवान मगरको हात तथा मुखमा जलेको छ । स्थानीय अस्पतालमा उपचारपछि सबै जना डिस्चार्ज भइसकेका छन् ।

आगलागीबाट करिब ७० लाखको क्षति भएको प्रहरीले जनाएको छ । घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो राति करीब १० बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू