Wednesday, December 4, 2024
spot_img
Homeराजनीतिउपचुनावमा जनताले नयाँ विकल्प नपाएर पुरानै छान्न बाध्य भए : बाबुराम भट्टराई

उपचुनावमा जनताले नयाँ विकल्प नपाएर पुरानै छान्न बाध्य भए : बाबुराम भट्टराई

१८ मंसिर, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले उपचुनावमा जनता नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटा दल छान्न बाध्य भएको बताएका छन् ।

स्थानीय तहका विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनको परिणामपछि पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

‘दुइ वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ । साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एकअर्काको विकल्प बनेका छन्’ डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

तीन दल नै एकअर्काको विकल्प जस्तो देखिएता पनि जनता असन्तुष्ट रहेको उनको तर्क छ । उनी लेख्छन्, ‘यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटालाई छान्न बाध्य छन् ।’

नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आ–आफ्ना कमजोरीहरू सच्याएर अर्कोपटक जनतालई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्ने उनको भनाइ छ । डा. भट्टराई थप लेख्छन्, ‘अन्यथा जनता अर्कै विकल्प खोज्न बाध्य हुनेछन् ।’

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू