Thursday, December 5, 2024
spot_img
Homeअपराध खबरचितवनबाट पुर्जी जारी भएका बैङ्किङ कसुरका प्रतिवादी पक्राउ

चितवनबाट पुर्जी जारी भएका बैङ्किङ कसुरका प्रतिवादी पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा चितवनबाट पक्राउ पुर्जी जारी भएका प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ बस्ने सुरेन्द्र सङ्गत छन् । उनलाई लैनचौरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले बताए ।

कार्तिक ९ मा उनीबिरुद्ध चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । ५५ वर्षीय सङ्गतलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय चितवनमा पठाइएको एसपी जिसीले जानकारी दिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू