Thursday, December 5, 2024
spot_img
Homeराशिफलआजको राशिफल : वि.सं. २०८१ साल मंसिर ३ गते सोमबार

आजको राशिफल : वि.सं. २०८१ साल मंसिर ३ गते सोमबार

वि.सं. २०८१ साल मंसिर ३ गते । सोमबार । इस्वी सन् २०२४ नोभेम्बर १८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९४६ । मङ्सिर कृष्णपक्ष । तिथि–तृतीया,३९ घडी १७ पला, बेलुकी १० बजेर ११ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–मृगशिरा, ३२ घडी ४९ पला, बेलुकी ७ बजेर ३६ मिनेट उप्रान्त आद्र्रा । योग–सिद्ध, ३८ घडी ११ पला, बेलुकी ९ बजेर ३३ मिनेट उप्रान्त साध्य । करण–वणिज, बिहान १० बजेर ४८ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर ११ मिनेट उप्रान्त बव । आनन्दादिमा–आनन्द योग । चन्द्र राशि–वृष, बिहान ७ बजेर ५५ मिनेट मिथुन । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर २८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ८ मिनेट । दिनमान २६ घडी ४१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा प्रशस्त समय खर्चिए पनि आम्दानी थोरै हुँदा दैनिक कामहरू प्रभावित हुन सक्छन् । छिमेकी तथा दाजुभाइसँग सामान्य कुरामा विवाद बढ्नेछ । प्रतिस्पर्धीसँग न्यायिक निर्णयहरूमा सामेल भए हारिने सम्भावना रहेको छ । प्रेममा धोका हुने हुँदा आजको दिन टाढै बस्नु नै बेस हुनेछ । तर पनि शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त साथीभाइ तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रसन्न हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने विशेष रिसोर्ट, होटल तथा रेस्टुरेन्टमा लगानी गर्नेहरूका लागी आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरू भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन तथा प्रतिस्पर्धामा तपाईँको नाम एक कदम अगाडी आउनेछ भने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरूले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । समयानुकूल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृढ रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केही रकम बचत गर्न सकिनेछ । पढाइ लेखाइमा अलि बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी दिन प्रभावकारी रहनेछ । धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आर्थिक अवस्था उकास्न गरिने क्रियाकलापहरू फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मीयताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नोकरी तथा जागिरमा आफ्नै कमजोरीले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा इज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिससँग विवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरूले विशेष ध्यान दिनुहोला । तरपनि व्यापारबाट आम्दानी हुने तथा शेयर बजार र वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । मौसम अनुसारको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकोले नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ । गहिरो अध्ययन तथा अनुसन्धानमा जुट्नु पर्ने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ भने थप लगानी गर्ने वातावरण बन्नेछ । तरपनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) चली आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । विशेष समारोहबिच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरीको धार्मिक यात्रा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईँको प्रतिस्पर्धीको रूपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको धनले शत्रुता बढाउनेछ । धन सम्पत्ति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । तरपनि मामा तथा आफन्तबाट सहयोग पाइने योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । आर्थिक क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू