Sunday, March 16, 2025
spot_img
Homeअपराध खबरवृद्धको हत्या आशंका गरिएका ज्वाईँ पक्राउ

वृद्धको हत्या आशंका गरिएका ज्वाईँ पक्राउ

माेरङ । मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएका ज्वाईँ पक्राउ परेका छन् ।

करिव ६० वर्षका तामाङको हिजो बिहान घरमै हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्या पश्चात उनका ज्वाईँ रविन राई फरार रहेका थिए । ज्वाईँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो । 

फरार रहेका राईलाई प्रहरीले आज धनकुटाको साँगुरीगडी गाउँपालिका स्थित मुलघाटबाट पक्राउ गरेको जनाएको छ । मुलघाटबाट राईलाई पक्राउ गरेको र हत्या उनैले गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालले जानकारी दिनुभयो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू