Monday, March 17, 2025
spot_img
Homeअपराध खबरकरिब ३ लाख मूल्य बराबरको अवैध भन्सार छलीको समान बरामद

करिब ३ लाख मूल्य बराबरको अवैध भन्सार छलीको समान बरामद

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा रहेका भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको अन्दाजी ३ लाख मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चोक, बैयाबेहडी र त्रिबेणीघाटबाट अन्दाजी रु. २ लाख १८ हजार मूल्य बराबरको किराना सामानहरू, कपडा र सुर्तीजन्य पदार्थहरू, भजनी नगरपालिका स्थित ठेकीपुल र हिकमतपुरबाट अन्दाजी रु. ३२ हजार ८२० रुपैयाँ मूल्य बराबरको प्लास्टिक डोरी र सुर्तीजन्य पदार्थहरू बरामद गरेको छ । 

त्यसैगरी कैलालीकै गोदावरी नगरपालिका ०१ अत्तरियाबाट अन्दाजी २८ हजार ५ सय मूल्य बराबरको कपडाहरू बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू