Thursday, December 5, 2024
spot_img
Homeगृहपृष्ठसमाजवादी युवा संघको दुई प्रदेश समिति पुनर्गठन

समाजवादी युवा संघको दुई प्रदेश समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघका दुईवटा प्रदेश समिति पुनर्गठन भएका छन् । संगठनको लुम्बिनी प्रदेश समिति र कोसी प्रदेश समिति शनिबार पुनर्गठन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

इटहरीस्थित कार्यालयमा शनिबार आयोजित भेलाबाट कोसी प्रदेश समितिको अध्यक्षमा टाइसन केरुङ्ग र मुख्यसचिवमा अमिर मगरसहित ३७ सदस्यीय समिति पुनर्गठन भएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश समिति विकास यादवको अध्यक्षतामा पुनर्गठन गरिएको छ । कपिलवस्तुमा आयोजित भेलाबाट संगठनको २७ सदस्यीय समिति पुनर्गठन गरिएको उनको भनाइ छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू