Thursday, December 5, 2024
spot_img
Homeअपराध खबरअवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्राम, नगद ३९ हजार ६ सय रूपैयाँ, डिजिटल तराजु १ थान र  मोबाइल ३ थान सहित २ जनालाई काठमाडौंबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ कालीमाटी बस्ने उदयपुर त्रियुगा नगरपालिका-११ घर भएका ४७ वर्षीय मनिराज राई र काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने काभ्रेपलान्चोक रोशी गाउँपालिका-१० घर भएका ३२ वर्षीय बालकृष्ण राक्से रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । 

यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ शिवमन्दिरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ३० ग्राम सहित नुवाकोट बेलकोटगढी नगरपालिका-११ घर भएका २२ वर्षीय युवराज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

धनुषा, जनकपुर उपमहानगरपालिका-१ स्थित रेल्वे स्टेशनको मुलगेट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ग्राम सहित पैदलयात्री सिराहा सिरहा नगरपालिका-१३ गमहरिया बस्ने ३३ वर्षीय अभासकर यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र लागू औषध  नियन्त्रण ब्यूरो गोलबजार सिराहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

चितवन, राप्ती नगरपालिका-१० किरानाटारबाट अवैध लागूऔषध गाँजा ४ किलो ५७ ग्राम र नगद ८ हजार रूपैयाँ सहित कालिका नगरपालिका-११ बस्ने २२ वर्षीय मनोज चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

पर्सा, वीररगंज महानगरपालिका-१६ ईनर्वा शंकराचार्य गेट र मितेरी पुलको बीच सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित भारत घर भएका २८ वर्षीय करण कुमार सोनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले वीरगंजबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध नाईट्राभेट ५ ट्याब्लेट र स्पास ९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष चौधरीलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोग्राम सहित सोही नगरपालिका-९ बस्ने २४ वर्षीय प्रबिन राई र  सोही नगरपालिका-७ बस्ने २१ वर्षीय रोशन राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भगलपुरबाट खटिएको प्रहरीले प्रदेश नम्बर २-०१-००३ प ७०७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

सुनसरी, कोशी गाउँपालिका-१ लौकहीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका ३० वर्षीया राजमिका राई समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू