Sunday, March 16, 2025
spot_img
Homeअपराध खबरअस्पतालको छैठौं तलामा कफी खाएपछि रेलिङबाट हामफालेका युवकको मृत्यु

अस्पतालको छैठौं तलामा कफी खाएपछि रेलिङबाट हामफालेका युवकको मृत्यु

काठमाण्डौं– काठमाण्डौंको महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलाबाट हामफालेका एक युवकको मृत्यु भएको छ।

काठमाडौंकै गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरूप आचार्यले अस्पताको रेलिङबाट हामफालेका छ । उनलाई तत्कालै सोही अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका लागि लगिएको थियो। यद्यपि, चिकित्सकहरूले बचाउन नसकेको प्रहरीले जनाएको छ।

आचार्यले रेडिङबाट कुद्नु अघि अस्पतालको छैटौं तलामै रहेको क्याफेमा कफी खाएको खुलेको छ। प्रहरीका अनुसार दिउँसो करिव ३ बजे अस्पताल पुगेका आचार्यले छैटौं तलामै रहेको क्याफेमा कफी खाएर त्यसपछि रेलिङमा चढेर हामफालेका हुन।

उनी बिरामी भएर वा बिरामी भेट्नका लागि अस्पताल गएको नभई कफी खानका लागि गएको खुलेको छ। घट्नाको अनुशन्धान गरिरहेका प्रहरी अधिकृतले भने आएर कफी खाइसकेपछि रेलिङबाट हामफालेको सुन्नमा आएको छ। हामी अनुशन्धान गरिरहेका छौं।’

प्रहरीका अनुसार आचार्यले डिप्रेसनको औषधि खाइरहेको पाइएको छ। उनी यसअघि पनि क्याफेमा गएर कफी पिउने गरेका थिए। प्रहरीले मृतकको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ। घटनापछि मृतकका आफन्त पनि अस्पताल पुगिसकेका छन्।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू