गायक रवि ओडले वैवाहिक बलात्कारको मुद्दामा सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले उनलाई आइतबार सफाइ दिएका हुन् ।
अदालतको आदेशपछि ५ लाख धरौटीमा रिहा भएका उनी प्रहरीको निगरानीमा थिए । गायक ओडमाथि आइतबार न्यायाधीश अर्यालको मुद्दा फाँट २ मा मुद्दाबारे सुनुवाई भएको थियो ।
कञ्चनपुर जिल्ला अदालतको अनुसार अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेसङै उनले सफाइ पाएका हुन् । ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २०८० चैत २० मा कञ्चनपुर इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएकी थिइन् ।