Wednesday, December 4, 2024
spot_img
Homeउद्योग-वाणिज्यगोरखा सहकारी समस्याग्रस्त घोषणा

गोरखा सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं : ललितपुरमा मुख्य कार्यालय रहेको गोरखा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभलाई सरकारले समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपाल सरकारले घोषणा गरेको समस्याग्रस्त सहकारीको संख्या २१ पुगेको छ ।

तीन वटा संस्थाबाट भने सदस्यहरुको पूर्ण रुपमा बचत फिर्ता पाएका छन् । कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भैसकेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू