Wednesday, December 4, 2024
spot_img
Homeअपराध खबरअवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

बाँके, कोहलपुर नगरपालिका-६ फरेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय अनिल कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२ सिमरा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-३२ बस्ने ३० वर्षीय मुन्नी लाल प्रसाद रौनियार र पर्सा पोखरिया नगरपालिका-२ बस्ने १९ वर्षीय दिपेन्द्र शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना.६ ख ६०५९ नम्बरको बसलाई जाँच गर्दा बस चालकको सिट मुनी लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी चालक मुन्नी लाल र सह-चालक दिपेन्द्रलाई पक्राउ गरेको हो । 

सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४४ मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-१७ पकली बस्ने १९ वर्षीय रिजान खाँनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गडडा चौकीको होल्डिङ सेन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६३ मिलिग्रामसहित भिमदत्त नगरपालिका-२ बस्ने २९ वर्षीय पुरूषोत्तम जोशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१६ भन्सारको मेन गेटबाट अवैध लागूऔषध गाँजा १० किलो ७ सय ग्रामसहित भारत बिहार राज्य मोतिहारी घोडासहान-६ बस्ने ४० वर्षीय गुलाब हसनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल नेपाल सिमा प्रस्तावित सुरक्षा गुल्म वीरंगज पर्साबाट खटिएको संयुक्त टोलीले वीरंगजदेखि भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

यसैगरी पर्सा, जिराभवानी गाउँपालिका-१ माहादेवपट्टी खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलोग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत युपी राज्य राजस्थान गंगा नगर बस्ने ४४ वर्षीय कृष्ण लाल पाण्डे र पर्सा जगरनाथपुर गाउँपालिका-१ पिपडारी बस्ने ४२ वर्षीय शम्भु राम रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले आरजे १३ एसओ २१८१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो । 

बर्दिया, मधुवन नगरपालिका-७ दशरथबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २० मिलिग्रामसहित सोही नगरपालिका-७ ताराताल बस्ने ३२ वर्षीय धिरज कुमार चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू