Tuesday, April 1, 2025
Homeगृहपृष्ठजापानी कम्पनी ‘जोजोरुशी’का उत्पादन अब नेपाली बजारमा

जापानी कम्पनी ‘जोजोरुशी’का उत्पादन अब नेपाली बजारमा

काठमाडौं–  जापानको विश्वप्रसिद्ध ‘जोजिरुशी’का उत्पादनको नेपाली बजारमा पनि बिक्री वितरण सुरु भएको छ । नेपालका लागि जोजिरोशीको आधिकारिक बिक्रेता ‘आफ्नो ट्रेड कन्सर्न प्रालि’ले पुल्चोकस्थित लबिम मलमा सञ्चालनमा ल्याएको स्टोरमा यसका सामान खरिद गर्न सकिन्छ ।

 उच्च गुणस्तरका राइस कुकर, ब्रेड मेकिङ मेसिन, इलेक्ट्रिकल एप्लिएन्स, पानी तातो र चिसो राख्ने बोतल, ग्लासलगायत किचनमा प्रयोग हुने सामानहरू स्टोरमा उपलब्ध छन् । 

स्वास्थ्यका लागि उपयुक्त धातुहरू प्रयोग गरिएको र टिकाउ सामग्रीका लागि जोजिरुशीका उत्पादन विश्वभर चिनिन्छन् । नेपाली ग्राहकको गुणस्तरीय उत्पादन प्रतिको अभिरुची र आवश्यकतालाई पुरा गर्न जोजिरुशीका सामान नेपालमा पनि उपलब्ध गराउन थालिएको आफ्नो ट्रेड कन्सर्नले जनाएको छ ।


जोजिरुशी सन् १९१८ मा स्थापना भइ आफ्ना गुणस्तरीय उत्पादन मार्फत विश्वभर ख्याति कमाएको कम्पनी हो । यसको मुख्य कार्यालय जापानको ओसाकामा छ । यसका उत्पादनहरू जापान, अमेरिका, सिंगापुर, युरोप लगायत विश्वका  प्रमुख बजारहरूमा उपलब्ध छन्। विश्वभरिका गुणस्तरीय उत्पादन पारखीहरूको लागि जोजिरुशी सँधै प्राथमिकतामा पर्ने गरेका छन्। यसका उत्पादनहरू जापानी प्रविधि र गुणस्तरसँग समायोजन गरेर उत्पादन गरिने भएको हुँदा यी उत्पादनहरू संसारकै उच्च गुणस्तरको हुनुको साथै आकर्षक समेत हुन्छन। 

लबिम मलस्थित स्टोरमा सामान निरीक्षण र यसको प्रयोगबारे जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू