Wednesday, December 4, 2024
spot_img
Homeअपराध खबरहोला त कारबाही ? प्रहरीका हाकिमबाटै मिटरब्याजीको धन्दा, दिन्छन् उठिवासको धम्की

होला त कारबाही ? प्रहरीका हाकिमबाटै मिटरब्याजीको धन्दा, दिन्छन् उठिवासको धम्की

काठमाडौं । सरकारले पछिल्लो समयमा आएर अबैधधन्दा चलाउनेमाथी कडा कारबाही गर्ने गराउने भन्दै सूचना जारी गरेर अप्रेशन नै चलाएको बताएको छ । गृहमन्त्रालयले देशरभर फैलिएको अबैधधन्दा ‘मिटरव्याज’ मा ऋण प्रवाह गर्ने गराउने व्यक्ती संघसस्था वा कम्पनी जो भएपनि उजुरी गर्न सूचीत गरेसंगै विभिन्नको नाममा उजुरी समेत परेको छ ।

तर, सो उजुरीभित्र मिटरव्याजमा गैरकानुनी रुपमा ऋण दिदै आएका वहालवाला र अबकाश प्राप्त प्रहरी, सेना र सशस्त्र प्रहरीदेखि नगर प्रहरीसम्मले स्रोत नखुलेको रकम व्याजमा लगाई ठगी गर्दै आएको समेत उल्लेख गरिएको छ । सुरक्षाकर्मीकै नाममा उजुरी परेपनि अहिले भित्र चलखेल भने उनीहरुलाई जोगाउदै सुरक्षाकर्मीले अमुक व्यक्तीको नाममा अबैधधन्दा गर्ने गरेकै कारण उन्मुक्ति दिने तयारी भएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

गृहमन्त्रालयमा बहालवाला र अबकास सुरक्षाकर्मीबाट अहिले पनि मिटरव्याजमा पैसाको चलखेल गरेको प्रष्ट भएपनि कागजी रुपमा अमुक व्यक्तीको नाममा कागजात गरिएकाले थाहा हुदाँ पनि कारबाही गर्न प्रमाण नपुगेको भन्दै उन्मुक्ति दिने तयारी सरकारले गरेको छ । एकातर्फ कानुनको छिद्रता प्रयोग गरि अबैधधन्दा गर्दै आएका सुरक्षाकर्मीले भने विभिन्न नम्बरबाट फोन गरेर ऋणीमाथी चर्को दवाव दिदै आएको समेत दुःखेसो तीव्रखबरको भेटमा गरेका छन् ।

नाम सार्वजनिक गर्दा झन दुख दिने भएकाले नाम गोप्य राख्ने सर्तमा एक पीडितले भने,‘सरकारले मिटरव्याजमा लगाउनेको नाममा उजुरी दर्ता गराउनु भन्दै सूचना जारी गरेपछि सुरक्षाकर्मीकै हाकिमबाट कुनै पनि उजुरी नगर्नु नगराउनु भन्दै धम्की दिए, तर पनि उजुरी गरेका छौ, कारबाही भने नहुने पक्किापक्कि भएको छ, जसरी पनि हामी नै मारमा पर्ने भयौं ।’

समाजमा भएका गैरकानुनी धन्दा चलाउँदै आएकालाई सरकारको सम्बन्धित निकायको आग्रहमा नियन्त्रणमा लिई कारबाहीका लागि विशेष भुमीका खेल्नु पर्ने सुरक्षा निकाय नै अबैधधन्दामा कृयाशिल रहेकाले नै यो अबैधधन्दा नियन्त्रणभन्दा पनि झन पैmलिदै गएको छ । विद्यमान बैंक वित्तिय ऐन अनुसार विना अनुमति कोही कसैले पनि व्याजमा रकम लगानी गर्न नपाउने भनिएको भएपनि नेपाल प्रहरीकै उच्च पदस्थ प्रहरी अधिकारीहरु नै चक्रीय व्याज (मिटरव्याज) मा करोडौं रुपैयाँ लगानी गर्ने गरेको जनगुनासो बढ्दै गएको छ ।

तीव्रखबरको कार्यालयमा गुनोसो पोख्न आएका केही मिटर व्याजबाट पीडित बनेकाहरुले गोप्य रुपमा दिएको जानकारी अनुसार अहिले नेपाल प्रहरीमा कार्यरत सहायक प्रहरी निरिक्षकदेखि एसएसपीसम्मका उच्च पदस्थले मिटर व्याजमा पैसा लगानी गरेको आरोप लगाएका छन् ।

नाम नलेख्ने सर्तमा ती पीडितले भने,‘पैसाको अत्यन्तै जरुरी प¥यो, बैंकमा ऋण प्रकृया गर्दा ढिला हुने भएकाले विभिन्न व्यक्तीको सम्र्पकमा प्रहरीका उच्च व्यक्तिहरुबाट नै व्याजमा ऋण लिएको अहिले आएर विभिन्न प्रकारको धम्की दिने र घर परिवारलाई नियन्त्रणमा लिनेदेखि कारबाही गर्ने भन्दै दैनिक रुपमा मानशिक तनाब दिदै आएका छन्, व्याज तिरेपनि दवाव दिनभने छोडेका छैनन् ।’

पीडितका अनुसार बहालवाल प्रहरीका उच्च पदस्थले न्यूनतम मासिक ३६ देखि १ सय २० प्रतिशतसम्म व्याज असुली गर्दै आएको बताए । भने ऋण लिएको समय कटेमा दोव्वर अर्थात १ लाख साँवाको व्याज थपेर २ लाख रुपैयाँ भन्दा माथि थपिदै जाने गरेको गुनासो समेत गरेका छन् ।

साठीको दशकमा क्यासिनोमा जुवा हारेर टाट पल्टिएकाहरूलाई घरजग्गाको धनीपूर्जा वा गाडी धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्नेहरु अहिले आएर चेक मार्फत सो अबैधधन्दा चलाउँदै आएको समेत पीडितहरुले बताएका छन् । उनीहरूले मिटरब्याजमा पैसा लगानी गरी करोडको सम्पत्ति लाख दिएर हड्प्दै समेत आएको गुनासो गरेका छन् ।

अहिले मिटरब्याजमा डनहरु विस्तारै हराउदै गएका भएपनि सो अबैधधन्दालाई प्रहरीहरुले चलाउँदै आएको आरोप लाग्न पुगेको छ । यसरी मिटर व्याजधन्दामा सक्रिय नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीमात्र नभएर शसस्त्र प्रहरी, र सेनाका उच्च अधिकारीहरु समेतको संलग्न रहेको कागजात तीव्रखबरले फेला पारेको छ ।

पीडितहरुले आवश्यक प्रमाणसहित उपलब्ध गराउने क्रममा समेत बृद्धि हुन पुगेको छ । कोरोना कहरबाट थला परेका व्यवसायी तथा व्यक्तिहरुलाई मिटर व्याज लगानी गर्नेहरुमा सुरक्षा निकायका उच्च पदस्थ व्यक्तिहरुको संख्या अत्याधिक बढ्दै गएको फेला परेको छ । कुन– कुन निकाएका को कसको संलग्नता छ ? त्यसको खोजी कार्य क्राइम व्यूरोले जारी राखेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू