ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिब सेवाहरु
प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।
आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य
महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद
ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता
अत्याधुनिक मेशिनहरु रहेको डिजिटल युनिभर्सको उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भन्नुभयो, “डिजिटल युनिभर्सको
सञ्चालनले डिजिटल बैंकिबलाई प्रवद्र्धन गर्दै आम जनतालाई डिजिटल कारोबार
गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिब सेवा प्रदान गर्न
सहयोग पुग्नेछ ।”
“यो पहल ग्लोबल आइएमई बैंकको आफ्ना ग्राहकहरुलाई छिटो र सरल
बैंकिब सेवा प्रदान गर्ने निरन्तर प्रयासहरुको एक हिस्सा हो । हामीले आज लन्च
गरको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल
बैंकिबतर्फको यात्रासँग मेल खान्छ ।”
आजको युगमा डिजिटल बैंकिबको महत्व बढ्दै गएको छ । डिजिटल बैंकिबले
ग्राहकहरुलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिब सेवा उपलब्ध गराउँछ ।
ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा
महत्वपूर्ण भूमिका खेल्नेछ ।
यस्ता नवीन बैंकिङ्ग प्रविधिहरु अंगालेर बैंकले आफ्ना ग्राहकहरुको बदलिँदो
बैंकिब आवश्यकताहरु मात्र पुरा गरेको छैन, डिजिटल नेपाल निर्माणको लागि
आधार खडा गर्न उल्लेख्य सहयोग पु¥याएको छ ।
कार्यक्रममा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकारीलगायत बैंकका उच्च
व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स”सञ्चालनमा
सम्बन्धित लेखहरू