Thursday, March 20, 2025
spot_img
Homeगृहपृष्ठसभापति देउवाद्वारा वीपीको शालिकमा माल्यार्पण

सभापति देउवाद्वारा वीपीको शालिकमा माल्यार्पण

तनहुँ, पुस ९ गते । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले व्यास नगरपालिका –३ स्थित बीपी पार्कमा स्थापना गरिएको वीपीको शालिकमा माल्यार्पण गर्नुभएको छ । 

२०३६ असोज ६ गते सो ठाउँमा रहेको बेलचौतारीबाट पहिलो पटक बीपीले उद्गार गर्नुभएको थियो, ‘‘सबै नेपाली मै सरह होस्, सबै नेपालीको एउटा बस्ने घर होस्, एउटा दुहुनो गाई होस्, बिहान र बेलुका खान पुगोस्, केटाकेटीलाई पढाउन सकुन् र बिरामी पर्दा ओखतीमूलो गर्ने सामथ्र्य होस् ।’’

त्यही ठाउँमा हालै पार्क निर्माण गरिएको छ । सभापति देउवालाई कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले स्वागत गर्नुभएको थियो । सभापति देउवाले कांग्रेस तनहुँले निर्माण गरेको वीपी स्मृति भवनको आज उद्घाटन गर्ने कार्यक्रम छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू