काठमाडौँ । कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ ।
शुक्रवार सो सङ्गठनले संसद् भवन अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए अनुसार पक्राउ पर्ने ९ जना पुरुष र २ जना महिला रहेको छ ।