Monday, March 17, 2025
spot_img
Homeअपराध खबरजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

धनकुटा, ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने २९ वर्षीय होमराज राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

राईले फेसबुक मार्फत चिनजान गरी ती महिलालाई विभिन्न प्रलोभन देखाई घुमफिर गर्न जाउँ भनि धनकुटा महालक्ष्मी नगरपालिका-९ टुनिबोटेस्थित कटेरो घरमा लगेर वैशाख २९ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जितपुर र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू