Tuesday, March 18, 2025
spot_img
Homeगृहपृष्ठरवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बन्नैपर्नेमा विपक्षी ५ दल एकमत

रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बन्नैपर्नेमा विपक्षी ५ दल एकमत

नेपाली कांग्रेसले सहकारीको रकम घोटालाका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग उठाउँदै आएको थियो । तर, सत्ता पक्ष त्यसमा सहमत नहुँदा सदनको बैठक अवरुद्ध हुँदै आएको छ ।

अब संसदीय समिति बनाउनुपर्नेमा प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएपछि सत्तापक्षमाथि दबाब बढेको छ । यही विषयमा बिहीबार संसदमा धकेलाधकेलको स्थितिसमेत सिर्जना भएको थियो ।

त्यस्तै बिहीबारको घटनाका सम्बन्धमा प्रतिपक्षीहरूले सभामुखको ध्यानाकर्षण गराउने भएका छन् । प्रतिपक्षी दलहरूको बैठक सकिएसँगै प्रमुख सचेतकहरू सभामुखलाई भेट्न गएका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गरेका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू