Wednesday, March 19, 2025
spot_img
Homeअपराध खबरमीनबहादुर घले समूहले गरेका थिए १३८ किलो सुन तस्करी

मीनबहादुर घले समूहले गरेका थिए १३८ किलो सुन तस्करी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ परेका गोरखाका मीनबहादुर घले समूहले १३८ किलो सुन तस्करी गरेको खुलेको छ । उनी गत मंसिर २१ गते पक्राउ परेका थिए । बरामद सुन तस्करी प्रकरणबारे छानबिन गर्न बनेको समितिले सो निष्कर्ष निकालेको हो । विभिन्न समयमा गरी उक्त समूहले सुन तस्करी गरेको खुलेको छ ।

भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले अहिलेसम्म मुख्य नाइके मीनबहादुर गुरुङ समूहले १३८ किलो सुन तस्करी गरेको बताए । सो तस्करी प्रकरणमा गोरखाका मीनबहादुरसँगै चन्द्रबहादुर घले, कृष्णकुमार श्रेष्ठ, नागरिक उड्ययन कार्यालयका कर्मचारी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ पक्राउ परेका थिए ।

त्यस्तै, विमानस्थलका कर्मचारी रमेश देउला, अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले सुन तस्करी गर्न सहयोग गरेको समितिको निष्कर्ष छ । विमानस्थल पास भएपछि बानियाँटार बस्ने डीबी गुरुङको घर पुग्ने र त्यहाँबाट मीनबहादुर घलेसम्म पुग्ने समितिले जनाएको छ । सुन तस्करीबारे छानबिन गर्न भन्सार प्रमुख मणीराम पौडेलको नेतृत्वमा ६ सदस्यीय समिति बनेको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू