Wednesday, March 19, 2025
spot_img
Homeगृहपृष्ठबालुवाटारमा शीर्ष नेताको बैठक, संक्रमणकालीन न्यायबारे छलफल

बालुवाटारमा शीर्ष नेताको बैठक, संक्रमणकालीन न्यायबारे छलफल

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले प्रमुख दलका शीर्ष नेताहरुबीच बैठक चलिरहेको छ। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक लगायत सहभागी रहेका जनाइएको छ। 

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विषयबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अहिले संसद्‌मा विचाराधीन रहेको छ। 

संघीय संसद्‌को कानुन, न्याय तथा मानव अधिकार समितिले विधेयकका केही प्रावधानबारे टुंगो लगाए पनि विवादित विषयमा शीर्ष तहमा नै सहमति खोज्नुपर्ने निष्कर्ष निकालेको थियो। 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू